पूर्वान्चल विश्वविद्यालयका ५ आंगिक, ६ सामुदायिक र १२० सम्बन्धन प्राप्त कलेजहरु मध्ये “एसियन कलेज फर एडभान्स स्टडिज” एउटा स्थापित सम्बन्धन प्राप्त कलेज हो । समुदाय र सहकारीको संयुक्त प्रयत्नमा सन् २००५ मा स्थापना भएर संचालनमा आएको यस कलेजले विगत १० बर्ष देखि स्वास्थ्य क्षेत्रका फार्मेसी, नर्सिङ र जनस्वास्थ्यका योग्य, दक्ष, सक्षम र कार्यशील जनशक्ति उत्पादन गरेर राष्ट्रको लागि योगदान गर्दै आएको छ ।

कलेजले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्रै दिने गरेको छैन, उनीहरुलाई समुदायमा आधारित अध्ययन, अनुसन्धान र सेवाका क्षेत्रमा संलग्न गराएर उनीहरुको सामाजिकीकरण गर्ने र पेशागत दक्षता बृद्घि गरेर जनसेवी स्वास्थ्यकर्मी उत्पादन गरिरहेको छ । त्यस्तै कलेज व्यस्थापनले समुदायको लागि सामुदायिक स्वास्थ्य सेवा, घुम्ति स्वास्थ्य सेवा र क्लिनिकल सेवा जस्ता सेवाका क्षेत्रमा पनि सेवाप्रवाह गर्नुको साथै विद्यार्थीहरुलाई पनि त्यस्ता क्रियाकलापमा संलग्न गराउँदै आएको छ ।

पर्याप्त, फराकिलो र सुविधायुक्त भौतिक संरचना, कुशल व्यवस्थापन, योग्य र दक्ष शिक्षक एवं प्रशिक्षक र उपयुक्त शैक्षिक वातावरणका कारण कलेजले आमविद्यार्थी र अभिभावकको मन जित्दै उनीहरुको पहिलो रोजाईको कलेज बन्न सफल भएको छ । त्यसैले आम जनसाधरण देखि प्राज्ञिक, प्रशासनिक एवं राजनैतिक क्षेत्रका उच्च पदस्थ व्यक्तिहरु समेत आफ्ना बालबच्चाहरुलाई यस कलेजमा पढाउन लालायित हुने गरेका छन् । म आफू पनि यस कलेजको अभिभावक भएकोमा प्रशन्नता व्यक्त गर्दै कलेजको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । धन्यवाद !

माननिय पूर्व शिक्षा मन्त्री
श्री धनीराम पौडेल
काठमाण्डौं, नेपाल ।